नेपालमा पनि भित्रियो ओमिक्रोन, २ जनामा पुष्टि

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७८
Corona Banner

पोखरा, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
उनका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वषीय अर्का नेपाली नागरिकमा मंसिर १९ गते आइतबार ओमिक्रोन संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका भए पनि मंसिर ७ मा परीक्षण गरिएको थियो।

यसअघि गत मंसिर ३ मा नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । कोभिड १९ सँग मिल्दो लक्षण उनमा देखिएको थियो । पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षणमा नेपालमै पहिलो पटक ओमिक्रोन भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हेर्नोस् मन्त्रालयको विज्ञप्तिः

Related News

सम्बन्धित समाचार

hero news full width