आस्था सहकारीको अध्यक्षमा आचार्य निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
aastha

पोखरा, १९ मंसिर । पोखरा १ बगरस्थित आस्था बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाले अध्यक्षमा कृष्णप्रसाद आचार्यलाई निर्विरोध चयन गरेको छ । सहकारीको उपाध्यक्ष वसन्तकुमार आचार्य, सचिव ज्ञानेश्वर सुवेदी, कोषाध्यक्ष बद्रीराज गौतम चयन भए । सदस्यहरु युवराज आचार्य, प्रभा बास्तोला पौडेल, पुनम गुरुङ श्रेष्ठ, रमिला पौडेल सापकोटा र नरेन्द्रप्रसाद आचार्य छन् । नवनिर्वाचित पदाधिकारीको कार्यकाल चार वर्ष रहनेछ ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीमप्रसाद आचार्य, सदस्यहरु भेषराज आचार्य र मौषम तिमिल्सिना चयन भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन उपसमितिका संयोजक प्रेमप्रसाद आचार्यले पद तथा गोपनीयताको सपथ खुवाएका थिए भने निर्वाचन कार्यक्रमको सञ्चालन निर्वाचन उपसमितिका सदस्य प्रकाश रिजालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width