कांग्रेस बागमती सभापतिका लागि इन्द्र र जगदिशबीच फेरि प्रतिस्पर्धा हुने, कसैको आएन ५१ प्रतिशत

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
1nepali congress

पोखरा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत इन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखि मतगणना भएको थियो । बिहान साढे ४ बजे मतगणना सकिएको हो ।

मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् ।

बागमतीमा सभापति पदमा पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

राती १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताईएको छ । अब बागमतीमा दोश्रो चरणमा निर्वाचन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width