कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
shukraraj
पोखरा ।
नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । अन्तिम ४६ मत गन्न बाँकी छ । गनिएको ११०० मतमा शर्माले निकटतम प्रतिश्पर्धी अर्जुन जोशीलाई ७५ मतको अन्तर पारेका छन् ।
शर्माको ५८५ मत आउँदा जोशीले ५१० मत पाए । अन्य पदमा केही प्रतिश्पर्धा छ । यहाँ शर्मा रामचन्द्र पौडेल पक्षका हुन् भने जोशी शेरबहादुर देउवा पक्षका । अधिकांश पद पौडेल पक्षले कब्जा गरेपनि केही पदमा देउवा पक्षका उम्मेद्वारले जित्ने सम्भावना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width