पृथ्वीराजमार्गका दायाँबायाँ संरचना बनाउन राेक

रासस
मंसिर १८, २०७८
construction of Madi Bridge along Prithvi Highway

पोखरा, १८ मंसिर । पोखरा सडक योजना (पूर्वी खण्ड) ले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दायाँबायाँ विभिन्न क्रियाकलाप र गतिविधि गर्न रोक लगाएको छ।

मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई ४ देखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डमा विभिन्न क्रियाकलाप गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५/२५ मिटर दायाँबायाँ पर्ने गरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग जोडिने गरी प्रवेशमार्ग निर्माण गर्ने, किला तगारो गाड्ने, घरटहरा निर्माण गर्ने तथा कुनै किसिमका व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा रोक लगाइएको योजनाले जनाएको छ।

सूचनाको बेवास्ता गरी राजमार्ग क्षेत्रभित्र कसैले त्यस्ता क्रियाकलाप गरी क्षति भएमा योजना जिम्मेवार नहुने र कुनै पनि किसिमको क्षतिपूर्ति वा सहयोग उपलब्ध गराउन नसकिने योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । योजनाले सडक विस्तारका लागि आँबुखैरेनीदेखि सडक आसपास खन्न सुरु गरिसकेको छ । राजमार्ग छेउछाउका रूख कटानको काम पनि सुरु भएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख हटाउनुपर्ने हुन्छ।

योजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने १ हजार २ सय ५० रूख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ । अस्सी किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको ८ किमी दुरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम पनि सकिएको छ।

२०२६ सालमा रेखांकन भएको उक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । ८० किमी सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किमीको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन–पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का लागेको छ । ४ लेनको बन्द सडक सीमा २ तर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width