पोखरा, १८ मंसिर । पोखरामा टिभिएस मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सचेञ्ज मेला हुने भएको छ । टिभिएसको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले पोखरा सभागृहमा मंसिर १९ देखि २३ सम्म एक्सचेञ्ज मेला गर्न लागेको हो ।
टिभिएसका बिक्री प्रबन्धक सन्तोष पोखरेलका अनुसार एक्सचेञ्जमा निर्धारित मूल्यभन्दा १० हजार थप नगदको व्यवस्था गरिएको छ । यसका अलावा नयाँ खरिद गर्न चाहनेहरुले नगद ८ हजार छुट प्राप्त गर्ने छन्।
शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कुटर ल्याई पैसा नथपि मासिक ५ हजार ९ सय ९९ किस्ताको अफर पनि रहेको छ । साथै प्रत्येक बिक्रीमा गिफ्ट ह्याम्परस्वरुप हेलमेट, ब्याग र बाइक कभर दिइनेछ। गण्डकीमा टिभिएसका जुनसुकै मोडल ग्राहकको रोजाइमा छन् । यस क्षेत्रमा अग्रणी स्थानमा रहेको टिभिएसले ग्रान्ड एक्सचेञ्ज मेलामार्फत बजार बिस्तारमा सघाउ पुग्ने विश्वास लिएको जगदम्बा मोटर्स प्रालिका सिनियर अफिसर एन्ड सेल्स मार्केटिङ विवेक भट्टराईले बताए ।
जुनसुकै कम्पनीका मोटरसाइकल वा स्कुटर लिएर आउनेहरुलाई साटफेरको सुविधा दिइने हुँदा यसको फाइदा लिन सम्पूर्णमा उनको अनुरोध छ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१