टिभिएसको ग्रान्ड एक्सचेञ्ज मेला

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७८
tvs

पोखरा, १८ मंसिर । पोखरामा टिभिएस मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सचेञ्ज मेला हुने भएको छ । टिभिएसको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले पोखरा सभागृहमा मंसिर १९ देखि २३ सम्म एक्सचेञ्ज मेला गर्न लागेको हो ।

टिभिएसका बिक्री प्रबन्धक सन्तोष पोखरेलका अनुसार एक्सचेञ्जमा निर्धारित मूल्यभन्दा १० हजार थप नगदको व्यवस्था गरिएको छ । यसका अलावा नयाँ खरिद गर्न चाहनेहरुले नगद ८ हजार छुट प्राप्त गर्ने छन्।

शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कुटर ल्याई पैसा नथपि मासिक ५ हजार ९ सय ९९ किस्ताको अफर पनि रहेको छ । साथै प्रत्येक बिक्रीमा गिफ्ट ह्याम्परस्वरुप हेलमेट, ब्याग र बाइक कभर दिइनेछ। गण्डकीमा टिभिएसका जुनसुकै मोडल ग्राहकको रोजाइमा छन् । यस क्षेत्रमा अग्रणी स्थानमा रहेको टिभिएसले ग्रान्ड एक्सचेञ्ज मेलामार्फत बजार बिस्तारमा सघाउ पुग्ने विश्वास लिएको जगदम्बा मोटर्स प्रालिका सिनियर अफिसर एन्ड सेल्स मार्केटिङ विवेक भट्टराईले बताए ।

जुनसुकै कम्पनीका मोटरसाइकल वा स्कुटर लिएर आउनेहरुलाई साटफेरको सुविधा दिइने हुँदा यसको फाइदा लिन सम्पूर्णमा उनको अनुरोध छ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width