राप्नपामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७८
rpp

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि १२ बजेदेखि मतदान सुरु भएकाे छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न शनिबार बिहान ८ बजे हुने भनिएकाे मतदान भृकुटीमण्डपमा १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ ।

पूर्वनिर्धारित समयमै मतदान सुरु हुने आशमा प्रतिनिधिहरु बिहान ७ बजेदेखि नै लाइनमा बसेका थिए तर मतदान सुरु नहुँदा भोकभोकै लाइनमा बस्नुपरेको गुनासो कतिपय प्रतिनिधिहरुले गरेका छन् । अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । अध्यक्ष पदका प्रत्यासीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले सुरुमा मतदान गरेर निर्वाचन सुरु गरे ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । साथै ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width