पोखरा । कास्कीका गुरुङहरु तो ल्होसार–२०७८ सामूहिकरुपमा मनाउने तयारीमा छन् । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको र गुरुङ फिल्म एसोसिएसन (जिफान)मा तमुहरुको नयाँ वर्ष ( ल्होसार)मनाउन जुटेका हुन् ।
आगामी पुस १५ देखि सुरु हुने बाघ वर्ग अर्थात् तो ल्हो अवसरमा सामूहिक रुपमा मनाउन बिहीबार तमु धिं नेपालमा विभिन्न तमु संघ सस्थाहरुले छलफल गरेको बताइएको छ । तो ल्हो आगमनमा सामूहिक कार्यक्रमलाई भव्यरुपले मनाउन तमु कलाकार संघका तर्फबाट सुरेन्द्र गुरुङ, जिफानका तर्फबाट भोजबहादुर गुरुङ, तमु धिं नेपालका हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका धर्म गुरुङ, तमु ह्युला छोंज धिंका आसबहादुर गुरुङ र दिलमाया गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समितिकी पवित्रादेवी गुरुङ, तमु प्ये ल्हु संघका निमबहादुर गुरुङ र तमु सांस्कृतिक प्रतिष्ठान नेपालका श्रीजंग गुरुङ रहेको सचिवालय गठन गरेको छ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु कलाकार संघका अध्यक्ष सुरेन्द्र गुरुङ, जिफानका भोजबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङ, तमु ह्युला छोंज धिंका आसबहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समितिकी कार्यवाहक अध्यक्ष पवित्रादेवी गुरुङ,ङ्योए तमु धिंका अध्यक्ष मनबहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले सामूहिक ल्होसार प्रभावकारी बनाउन सुझाव दिए ।
Related News
सम्बन्धित समाचार
कोरोनापछि गाईजात्रा रौनक
आज रक्षाबन्धन पर्व
बागलुङ कालिका मन्दिरको वार्षिक आम्दानी साढे २ करोड
गलेश्वरमा भक्तजनको भीड
सोमबारदेखि बोलबम
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९