बागलुङमा मतदाता नामावली संकलन गरिंदै

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
baglung

बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ । जिल्लास्थित सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुंगानाले मंसिर १७ देखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराए ।
उनले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४ सय ७० जना नयाँ थपिने बतांए । उनले नामावाली संकलन कार्यक्रम २ चरणमा गरिने समेत जानकारी दिए ।
पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिए ।
मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने छ । नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने छ ।
दर्ताको लागि नेपाली नगारिकता आवश्यक पर्छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफू रहेको ठाउँबाट पनि दर्ता गर्न सक्ने छन् । २०७७ पुससम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् । त्यसयता ३ हजार ४ सय ७० थपिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width