रोस्टर प्रशिक्षक प्रशिक्षण

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
education

पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।
तालिम केन्द्र दमौलीको विस्तारित शाखा अमरसिंहमा भएको एकहप्ते प्रशिक्षणमा केन्द्रले गण्डकी प्रदेशका माध्यमिक तहका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका १ सय ५० शिक्षकलाई प्रशिक्षित दिइएको हो ।
कार्यक्रम समापनमा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटले रोष्टर प्रशिक्षणले गण्डकी प्रदेशमा विषयगत रुपमा दक्ष, योग्य र अब्बल प्रशिक्षक तयार भएको बताए । रानाभाटले अब हुने टिपिडी तालिममा उनीहरुमध्येले नै अन्य शिक्षकलाई प्रशिक्षण दिने बताउँदै प्रशिक्षकलाई आफ्नो ज्ञान र क्षमताको प्रदर्शन गर्न तयारी अवस्थामा रहन आग्रह गरे ।
तालिमले प्रशिक्षकमा ताजगीकरण, सिकाइका नवीनतम कला, शिक्षण सिकाइ सहजीकरणको नवीन विधिको ज्ञान, सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको विकास भएको बताउँदै प्रशिक्षण सफल भएको दाबी गरे ।
तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाट र विज्ञान विषय प्रशिक्षक रुद्रमणि पौडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम केन्द्र गण्डकी प्रदेशका शाखा अधिकृत विदुरहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहभागीतर्फबाट जूना थापा र गोपालबाबु मरहठ्ठाले आफ्ना भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । पोखराका गुरुङ समुदायले यसपालिको सांस्कृतिक ट्होटें पर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा मनाउने भएको छ । यो पर्व तमुहरुको…
  • विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । हीरक जयन्ती समापन पूर्व सन्ध्यामा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलैचारले पूर्व विद्यार्थीको सम्मान गरेको छ । आइतबार अयोजित पुनर्मिलन…
  • मासबार आमा समूहमा शारदा

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । मासबार आमा समूह, पोखरा–७ को २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजना तथा लियो क्लब अफ पोखरा संगम र आइसिटी सहकारी संस्थाको समन्वयमा…
  • दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा २९ मा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । पोखरा महानगर…

hero news full width