रोस्टर प्रशिक्षक प्रशिक्षण

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
education

पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।
तालिम केन्द्र दमौलीको विस्तारित शाखा अमरसिंहमा भएको एकहप्ते प्रशिक्षणमा केन्द्रले गण्डकी प्रदेशका माध्यमिक तहका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका १ सय ५० शिक्षकलाई प्रशिक्षित दिइएको हो ।
कार्यक्रम समापनमा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटले रोष्टर प्रशिक्षणले गण्डकी प्रदेशमा विषयगत रुपमा दक्ष, योग्य र अब्बल प्रशिक्षक तयार भएको बताए । रानाभाटले अब हुने टिपिडी तालिममा उनीहरुमध्येले नै अन्य शिक्षकलाई प्रशिक्षण दिने बताउँदै प्रशिक्षकलाई आफ्नो ज्ञान र क्षमताको प्रदर्शन गर्न तयारी अवस्थामा रहन आग्रह गरे ।
तालिमले प्रशिक्षकमा ताजगीकरण, सिकाइका नवीनतम कला, शिक्षण सिकाइ सहजीकरणको नवीन विधिको ज्ञान, सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको विकास भएको बताउँदै प्रशिक्षण सफल भएको दाबी गरे ।
तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाट र विज्ञान विषय प्रशिक्षक रुद्रमणि पौडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम केन्द्र गण्डकी प्रदेशका शाखा अधिकृत विदुरहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहभागीतर्फबाट जूना थापा र गोपालबाबु मरहठ्ठाले आफ्ना भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width