लागु औषधसहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
police ~lagu

पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बुधबार छोरेपाटनबाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा पोखरा १५, रामबजारका २८ वर्षीय जोनी गुरुङ र तनहुँको शुक्लागण्डकी १६, ढोरवाराहीका २६ वर्षीय पूर्णबहादुर गुरुङ छन् । उनीहरुको साथबाट प्रहरीले अवैध लागुऔषध डाइजोपाम ९६ एम्पुल, नुर्फिन ८७ एम्पुल, फेनरागन ९६ एम्पुल गरी कुल २ सय ८९ एम्पुल र मोबाइल ३ थान नियन्त्रणमा लिएको जनाएको छ । साथै उनीहरुविरुद्ध जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width