अवैध धुपीसहित ४ पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७८
Jadibuti 2

लमजुङ । लमजुङ प्रहरीले ७ सय ८ केजी अबैध धुपीसहित ४ जनालाई पक्राउ गरेको छ । मनाङबाट काठमाडौंतर्फ धुपी बोकेर ल्याउने २ जिपसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको प्रहरी टोलीले जीप खोजतलास गर्दै जानेक्रममा बेंसिसहर–७, मनाङ चौतारामा ती बस्तु फेला पारेको हो । प्रहरीले खानतलासी गर्दा धुपिको पात २ सय ६३ केजी, गुच्ची च्याउ ३ सय ग्राम फेला पारेको हो । पक्राउ पर्नेमा ग१ज ७२२१ नं का जिपका चालक गोरखाको पालुङटार १ का २७ वर्षीय चालक सोमबहादुर नेपाली र ग१ज ७७३७ नं को पिकअप बोलेरो जिपका चालक गोरखाको बारपाक सुलिकोट–१ का २८ वर्षीय तीर्थराज घले छन् । उनीहरुले चलाएको जिपमा सवार मनाङ ङिस्याङ गाउँपालिका–५ का ५२ वर्षीया छिरिङ साङमा घले र ५८ वर्षीया कर्मा छिरिङ समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।
यस्तै, सवारीसाधन नजिकै तिलिचो होटलको वरन्डामा बोराभित्र लुकाइ राखेको अबस्थामा रहेको धुपी २ सय ४५ केजी बरामद गरिएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width