लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीको विकास एवं प्रवद्र्धनका गतिविधि तथा क्रियाकलाप अगाडि बढाउन गठित महिला उद्यमी परिचालन उपसमितिको पहिलो बैठक सोमबार बसेको छ ।
संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी परिचालन उपसमिति संयोजक इन्दिरा रोकाको संयोजकत्वमा गठित समितिको बैठकले महिलाको विकासका लागि आयआर्जन तथा क्षमता अभिवृद्धि गर्न विभिन्न संघसंस्था तथा कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ । साथै सीपमूलक, आयमूलक, महिलाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले महिलाको विकासका लागि उनीहरुको आयआर्जनमा विकास हुनुपर्नेमा जोड दिए । सोका लागि संघले घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास कार्यालय लगायतका विभिन्न संघसंस्थासँग समन्वय गर्दै तालिम तथा अध्ययन अवलोकन भ्रमण, अन्तक्र्रिया, गोष्ठी कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
संघ अध्यक्ष अध्यक्ष छत्रधर आत्रेयले महिला उद्यमीको प्रवद्र्धनका लागि संघले सधैं प्राथमिकतामा राखेको बताए । उनले संघले माघ १३ देखि २४ गतेसम्म आयोजना गर्ने लेखनाथ महोत्सवमा सबैको साथ सहयोगको अपेक्षा गरे ।
संघकी उपमहासचिव जानुका पराजुली अधिकारी र पूर्व कार्यसमिति सदस्य एवं उपसमिति सल्लाहकार मेनुका श्रेष्ठले सबै महिला एकभई उद्यमशीलता विकासका कार्यक्रम गर्ने र महिला उद्यमी विकासका लागि विगतमा संघले गरेका क्रियाकलाप र अबका दिनमा गर्नुपर्ने कार्यहरु बारे जानकारी गराए । कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्की सदस्य मीना थापाले १६ दिने महिला हिंसा अभियान ‘घरैबाट सुरु गरौं महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय मूल नाराका साथ मनाइरहेको बताइन् ।
कार्यक्रममा महिला उद्यमी परिचालन उपसमिति सहसंयोजक पार्वती कुमारी थापाले धन्यवाद ज्ञापन र सचिव भीमकुमारी पुन ‘पुष्पा’ ले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९