नाडामा ध्रुव थापाको प्यानल घोषणा

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
NADA Election campain photo for Media

पोखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आसन्न अधिवेशनमा पोखराका अटो व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ आगामी मंसिर २३ र २४ मा संस्थाको ४५ औं साधारण सभा तथा अधिवेशन हुँदैछ ।
नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका थापाले सरोकारवाला निकायसँग पोखरामा अन्तक्र्रिया तथा छलफल गरेका छन् । हिमालय अर्गनाइजेसन अध्यक्ष ४६ वर्षीय थापाले नाडाको इतिहासमा पहिलोपटक महिला उम्मेदवारसहितको प्यानल नै सार्वजनिक गर्दै भोट अपिल गरेका हुन् । उनको समूहमा कर्पोरेट अटो व्यवसायीदेखि साना व्यवसायीसमेत समेटिएका छन् । अध्यक्षका प्रत्यासी थापाले नाडामा हाल देखिएका समस्या र त्यसका समाधानका उपाय र टिमको प्रतिबद्धता प्रस्तुत गर्दै भोट अपिल गरेका छन् । उनी नाटामा हाल कार्यसमिति सदस्य छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानुन तथा सञ्चारमन्त्री बिन्दुकुमार थापा, अटो व्यवसायी, माधव पौडेल, वाडा पोखराका अध्यक्ष मोहनबाबु खड्का, अटो व्यवसायी कपिल शिवाकोटी लगायतले ध्रुव थापा समूहको प्यानललाई जितको शुभकामना दिए ।
कार्यक्रममा थापा प्यानलका आकाश गोल्छा, अमरज्योति रञ्जित, बिएन पाठक, दीपेन्द्रकुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल, नवराज भुसाल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन वीरसिंह कंसाकार, सञ्जयकुमार खेतान, शुभआशीष थपलिया, यमुना श्रेष्ठ लगायत उम्मेदवारको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width