सरकार बनेकाे ५ महिनामा बल्ल सचिव सरुवा, सामान्यबाट अर्याल हटे, सुरेश अधिकारी आए

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
sachib

पोखरा । सरकारले विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले  १० जना सचिवको सरुवा गर्ने निर्णय गरेकाे हाे ।

पूर्वगृहसचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका यादव कोइरालालाई शिक्षा मन्त्रालयमा लगिएको छ ।

त्यसैगरि संघीय मामिला मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ ।

संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने श्रम मन्त्रालयमा पुर्‍याइएको छ । अर्याललाई गत वर्ष कार्तिक २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको थियो ।

अर्याल त्यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । यस अघि दिनेश थपलिया सामान्य प्रशासनका सचिव हुँदा सोही मन्त्रालयका सहसचिव चलाएका सुरेश अधिकारीले केही समय सोही मन्त्रालयको निमित्त सचिव चलाएका थिए ।

एक नम्बर प्रदेशको प्रमुख सचिव,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै निर्वाचन आयोगमा पुगेका अधिकारी झण्डै दुई वर्ष पछि सामान्य प्रशासनमै फर्किएका छन् ।

अर्का सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । शहरी विकासका सचिव रमेश सिंहलाई त्यहाँबाट हटाइएको छ ।

अर्का सचिव सूर्य गौतमलाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । यस्तै शिक्षा सचिव रामप्रसाद थपलिया पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ भने वित्त आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width