Worldlink ads

आज हिमपातको सम्भावना

रासस
मंसिर १३, २०७८
Weather

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मङ्गलबार देशभर आंशिक बदली रही गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव एक डिग्री र अधिकतम तापक्रम २१ दशमलव चार डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • भोलिदेखि मौसममा सुधार हुने

      आदर्श समाज सम्वाददाता माघ ६, २०७८
      काठमाडौं ।  पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा…
    • घट्दै हिमनदीको क्षेत्रफल र आयतन

      रासस पौष १७, २०७८
      काठमाडौं । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ…
    • उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

      आदर्श समाज सम्वाददाता मंसिर १६, २०७८
      काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने…
    • मुलुकभर चिसो बढ्यो

      रासस मंसिर ३, २०७८
      काठमाडौं । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको…
    • हिमपातको सम्भावना

      रासस कार्तिक २२, २०७८
      काठमाडौँ । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले…

    hero news full width