Worldlink ads

विपन्न परिवारलाई मौरीसहितको घार वितरण

रासस
मंसिर १३, २०७८

दमौली । तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो । विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई उक्त कार्यक्रम चलाइएको उहाँले बताउनुभयो । “एक, वर्ष हामीले निःशुल्क मौरीको घार वितरण ग¥यौँ । त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो”, उहाँले भन्नुभयो, “त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौँ ।”

एउटै घारबाट पनि राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ थियो। नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । गत आर्थिक वर्षदेखि भिमादमा उक्त कार्यक्रम सुरू भएकामा पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताउनुभयो । कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

यस वर्ष पनि रु पाँच लाख विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई रु १० हजारमा खरिद गरेको थियो । मौरीपालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि थप घार विस्तार गर्न सकिने उहाँको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

    • अलैंची उत्पादन ८५ प्रतिशतले कमी

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      लमजुङ । लमजुङमा यस वर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकताअनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु…
    • ६५ हजार पशुलाई पूर्ण खोप दिइने   

      आदर्श समाज सम्वाददाता पौष २९, २०७८
      बलेवा । जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा…
    • कृषकले पाउँदैनन्, कागज मिलाउनेलाई अनुदान !

      रासस पौष २४, २०७८
      काठमाडौं । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न…
    • सिताके च्याउमा आकर्षण बढ्दो

      धनबहादुर गुरुङ पौष ५, २०७८
      पोखरा । लामो समयदेखि सिताके च्याउको व्यावसायिक खेती गर्दै आएका एसजी हिमालयन हर्बल तथा अर्गानिक फार्म प्रालिका सञ्चालक शीतल गुरुङ…
    • धान उत्पादन बढ्यो

      रामकुमार श्रेष्ठ पौष १, २०७८
      नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने…

    hero news full width