पोखरा बहुमुखीको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
pokhara bahumukhi

पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । रेडक्रस सोसाइटीको पोखराको सहयोगमा आयोजित रक्तदानमा शिक्षक एवं विद्यार्थीले रक्तदान गरेका छन् । कार्यक्रमअघि क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै मानवीय कार्यबारे बोलेका थिए ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत क्याम्पसले अन्तरसंकाय फुटसल र सरसफाई कार्यक्रमसमेत गरेको छ । क्याम्पस परिवार संलग्न सरसफाइमा हालको क्याम्पस परिसरदेखि शान्तिवनस्थित निर्माणाधीन भवनसम्म सफाइ एवं फोहोर व्यवस्थापन गरिएको छ । सरसफाइ कार्यक्रममा बाबा फाउन्डेसन नेपालले ४ थान डस्टबिन र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको अन्य सहयोग रहेको थियो ।
क्याम्पसको वार्षिकोत्सव कार्यक्रम १४ गते मंगलबार आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी भइदिन क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, सरोकारवाला र स्थानीयसँग आग्रह गरिन् ।
विश्वविद्यालयबाट ‘क्युएए’ प्रमाणपत्र लिने तयारीमा रहेको नयाँबजारस्थित क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वामित्वको भवन निर्माण सुरु गरेको छ । उक्त भवनबाट आगामी शैक्षिक सत्रको सुरुआत हुने प्रमुख पराजुलीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width