Worldlink ads

माघ १३ देखि लेखनाथ महोत्सव हुने

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
Lcci bhuban

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ ।
संघको आइतबार बसेको बैठकले यस वर्ष आयोजना हुने महोत्सवको मिति तय गर्दै अध्यक्ष क्षत्रधर आत्रेयको अध्यक्षतामा मुल आयोजक समितिसमेत गठन गरेको हो ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो । समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष आत्रेयले बताए ।
विश्वभर फैलिएको कोराना महामारीको प्रभाव नेपालमा कम भइसकेको अवस्थामा महामारीका कारण प्रभावित स्थानीय व्यवसायीहरुको पुनरुत्थानमा महोत्सवले सकारात्मक भूमिका खेल्ने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।
संघकाअनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायत प्रदर्शनी गरिनेछ ।
त्यस्तै ख्याति प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा बाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए ।

Related News

सम्बन्धित समाचार

    • सकियो चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता माघ ८, २०७८
      पोखरा । पोखरा महानगरपालिका वडा ८ को सहयोगमा लालीगुराँस टोल विकास संस्थाद्वारा सञ्चालित चप्पल बनाउने तालिम शुक्रबार समापन भयो ।…
    • उद्योग व्यवसाय सधैं मार

      श्रीभद्र पौडेल माघ ८, २०७८
      हेमजा । कोरोना महामारीको तेस्रो भेरियन्ट सुरुआतसँगै लकडाउनको सनसनी छ । दिनहुँजसो कोरोना संक्रमितको संख्या १० हजार हाराहारीमा भेटिंदा उद्योगी…
    • कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय

      धनबहादुर गुरुङ माघ ६, २०७८
      पोखरा। असोजमा बेलायतबाट ‘प्ओर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी २ प्रकारको रक्सी उत्पादन गरी बिक्री सुरु भयो । कोदो…
    • गण्डकीमा गाडी भाडा समायोजन

      आदर्श समाज सम्वाददाता माघ ६, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारले गाडी भाडा बढाएको छ । सार्वजनिक गाडीको भाडामा अनियमितता भएको भन्दै सार्वजनिक बस र ट्याक्सीको…
    • फेरि बढ्याे डिजेल पेट्राेलकाे भाउ

      आदर्श समाज सम्वाददाता माघ ६, २०७८
      पोखरा । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि…

    hero news full width