माओवादी केन्द्र पालिका अधिवेशन : बागलुङका ७ र म्याग्दीका ५ पालिकामा सर्वसम्मत नेतृत्व

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत बागलुङका ७ र म्याग्दीका ५ स्थानीय तहमा नेतृत्व चयन भएको छ ।
बागलुङ नगरपालिकामा इन्द्र केसी (पारस)को अध्यक्षतामा नगरकमिटी गठन भएको हो । कमिटीको सचिवमा राजु खड्का चयन भए । जैमिनी नगरकमिटीको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मा, ढोरपाटन नगरकमिटीको अध्यक्षमा भीम गौतम र सचिवमा वीरबहादुर घर्ती चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले बताए ।
निसीखोला गाउँकमिटीको अध्यक्षमा कुवीर विक र सचिवमा कुशल बुढा, ताराखोला गाउँकमिटीको अध्यक्षमा दिवस खत्री र सचिवमा फूलमायाँ पुन, काठेखोला गाउँकमिटीको अध्यक्षमा कृष्ण थापा र बडीगाड गाउँकमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन भएका छन् ।
गलकोट र तमाखोलामा बन्दसत्र आइतबार भएको छ । बरेङ गाउँकमिटीले भने मंसिर १८ गतेका लागि भेला बोलाएको छ । ‘पार्टीको विधानअनुसार समावेशी कमिटी बनेका छन्,’ गैरेले भने, ‘दलित, जनजाति, महिला र युवाको उत्साहजनक सहभागिता रहेको छ ।’ यो पटक माओवादीले दलित १५ प्रतिशत, महिला ३५ प्रतिशत र युवासमेत अनिवार्य सहभागी रहनेगरी कार्यसमितिको कोटा तोकेको जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए ।
यस्तै, म्याग्दीका ५ वटा स्थानीय तहमा शनिबार नेतृत्व चयन भएको छ । बेनी नगरपालिका, मंगला, रघुगंगा, मालिका र धवलागिरि गाउँपालिकामा शनिबार भएको प्रथम अधिवेशनबाट निर्विरोध नेतृत्व चयन भएको हो ।
शेरबहादुर केसीको अध्यक्षतामा गठन भएको बेनी नगर कमिटीको उपाध्यक्ष अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिव ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्ष पदम किसान र सहसचिव किसान विक रहेका छन् ।
यामबहादुर रोकाको अध्यक्षतामा गठन भएको मंगला गाउँपालिका कमिटीको उपाध्यक्ष कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिव तीर्थलाल विक, सहसचिव मनमाया चोचांगे र कोषाध्यक्षमा मोतीलाल पौडेल चयन भए ।
दोरण शेरचनको अध्यक्षतामा चयन भएको मालिका गाउँपालिकाको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धिबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल छन् ।
यामन रोकाको अध्यक्षतामा गठन भएको धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्ष झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया विक, सचिव रेशम पुन, सहसचिव चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन भए ।
मौवाफाँटमा भएको रघुगंगा गाउँपालिकाको अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्ष टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिव भविन्द्र शेरपुञ्जा, सहसचिव कर्ण राना निर्वाचित भए ।
सबै पालिकामा पदाधीकारी, सदस्य र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए । उनका अनुसार ४५ वटै वडामा नेतृत्व चयन भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width