पोखरा, १२ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी मंसिर २३ र २४ गते हुन गइरहेको ४५ औँ साधारण सभा तथा अधिबेशनमा स्थापित अटो ब्यवसायी ध्रुब थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको उमेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।
अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका हुन । उनी हिमालय अर्गनाइजेशनका अध्यक्ष हुन । ४६ बर्षको नाडाको इतिहासमा पहिलोपटक महिला उमेद्वार सहितको प्यानल ध्रुव थापा समूहले सार्वजनिक गर्दै भोट अपिल गरेका छन । कर्पोरेट अटो ब्यबसायी देखी साना ब्यबसायीलाई समेत समेटेर ध्रुव थापा समूहले प्यानल ल्याएकोले यो समुहले चुनाब जित्ने देखिन्छ ।
नाडाको वर्तमान कार्यसमिति सदस्य तथा हाल ध्रुब थापाको टिमबाट उमेद्वारी दिएका अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी थापाले नाडामा हाल देखिएका समस्या र त्यसका समाधानका उपायहरु र टिमको प्रतिबद्धताहरु प्रस्तुत गर्दै भोट अपिल गरेका थिए ।
आफ्नो टिम समाबेशी रहेको जानकारी दिँदै थापाले साना ब्यवसायीदेखि ठूला ब्यवसायी सबैको साथ आफूसँग रहेकोले चुनाबमा सफलता हासिल गर्ने उच्च अपेक्षा राखेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानुन तथा संचारमन्त्री बिन्दु कुमार थापा, अटो ब्यबसायी, माधब पौडेल, वाडा पोखराका अध्यक्ष मोहनबाबु खड्का, लगायतले ध्रुव थापा समूहको प्यानललाई बिजयको सुभकामना दिदैं पोखरा क्षेत्रको प्राय सबैको भोट थापा प्यानलकै पक्षमा आउने बताए ।
कार्यक्रममा थापा प्यानेलका आकाश गोल्छा, अमरज्योती रञ्जित, बिएन पाठक, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल, नवराज भुसाल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बिरसिहं कंसाकार, सञ्जयकुमार खेतान, शुभआसिष थपलिया, यमुना श्रेष्ठ लगायतका उमेद्वारको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१