Worldlink ads

कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा, घिमिरेले पाए जिम्मेवारी

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
Gopalkrihsna-Ghimire

पोखरा ।  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ ।

देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् । घिमिरे समिति सदस्य थिए ।

डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा फेरि विवाद भएपछि बिहीबार संयोजक यादवले राजीनामा दिएको समितिका एक सदस्यले बताए । समितिले टुंग्याइसकेको विषयमा फेरि विवाद निकालेको आरोप यादवको थियो ।

कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन् । सभापति मल्ल समूहले पार्टी सभापति देउवाको निर्देशनमा निर्वाचन समितिले काम गरेको भन्दै संयोजक यादवविरुद्ध नारावाजी गरेका थिए ।

यादवले डडेल्धुरा अधिवेशनकै विषयलाई लिएर एक महिना अघि पनि पदबाट राजीनामा दिएका थिए ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म हुँदैछ । यतिबेला विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ

Related News

सम्बन्धित समाचार

    hero news full width