गीता शान्तिमार्ग महिला समूहमा शान्ति

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
gita santi marga

पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन भएकी छन् ।
कार्यसमिति उपाध्यक्षमा मञ्जु भण्डारी, सचिव सविता गिरी, सहसचिव मन्धरा गौतम, कोषाध्यक्ष शान्ता आचार्य गौतम र सहकोषाध्यक्ष विन्दा केसी सर्वसम्मत चयन भए । सदस्यमा तीला सुवेदी, दुर्गादेवी गौतम, सुभद्रा भुजेल, देवी गिरी, ईन्दु गौतम, सीता पौडेल पाण्डे, गीता पौडेल, सुजता गौतम र विजया गुरुङ छन् । कार्यकाल २ वर्षको हुनेछ । संयोजक निर्मला कार्की भण्डारी रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।
यसैबीच, संस्थामा अघिल्लो कार्यकालमा विभिन्न उपसमितिमा रहेर संस्थालाई योगदान दिने कार्यक्रम संयोजक लगायतलाई सम्मान तथा नयाँ सदस्यको स्वागत गरियो ।
संस्थाकी संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारीले कार्यक्रम उद्घाटन गर्दै सो संस्इथा रामघाट क्षेत्रको उत्कृष्ट सामाजिक संस्था रहेको र समाज रुपान्तरणका लागि उल्लेख्य योगदान पुर्‍याएकोमा खुसी व्यक्त गरिन् ।
वनभोजसहित भएको कार्यक्रममा संस्थाकी सचिव मञ्जु भण्डारी र कोषाध्यक्ष मन्धरा गौतमले आ–आफ्नो प्रतिवेदन पेस गरेका थिए । संस्था अध्यक्ष ईशु गौतमको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव मञ्जु भण्डारी र स्वागत उपाध्यक्ष शान्ति सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width