नीलकण्ठ घिमिरेको ‘शान्ति कामना’ लोकार्पण

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
Kabi Nilkantha Ghimire Kabita Sanghra Bimochan Programme

पोखरा । नीलकण्ठ घिमिरेका कविताको संग्रह ‘शान्ति कामना’ शनिबार लोकार्पण गरिएको छ । उनको तेस्रो स्मृति दिवस पारेर महाकाव्यकार जनार्दनशरण त्रिपाठीले सो कृति लोकार्पण गरेका हुन् ।
त्रिपाठीले स्व. घिमिरेका रचनाहरुमा वेदान्तको प्रभाव रहेको बताए । उनले प्रकृति, परिवार, आध्यात्म र शान्ति सुखायका विषय कवितामा समेटिएको उल्लेख गर्दै कृतिले घिमिरलाई अजर अमर बनाएको बताए । नेपाल श्री महाकाव्यका रचनाकारसमेत रहेका त्रिपाठीले घिमिरे परिवारले वुवाको रचनालाई पुस्तकाकार दिएर पुण्य कार्य गरेको बताए ।
छन्द बचाउ एवं महाकाव्य लेखन अभियानका संयोजक महाकाव्यकार माधव वियोगीले स्व.घिमिरेको कविता संग्रहको चर्चा गर्दै आदर्श जीवन, बहुजन हिताय, बहुजन सुखायकोको भावना घिरिमेमा रहेको उनको कविताले पुष्टि गरेको बताए । उनले पिताको स्मृतिमा श्राद्धभन्दा पनि चिरपर्यन्त स्मरण हुने कार्य गर्न छोराहरुलाई सुझाव दिए ।
कृति समीक्षा गर्दै साहित्यकार डा. जगन्नाथ रेग्मीले लेखक भागवतप्रेमी भक्तिरसमा डुवेर कविताहरुको सिर्जना गरेको बताए । साहित्यकार रेग्मीले स्व. घिमिरे सिद्धहस्त कवि नभए पनि देशभक्त, पितृभक्त, देवाधी भक्तभावमा डुवेर कविता लेखन गरेको बताए । ४३ वटा कविताको संग्रह गरिएको पुस्तकमा २ सय ८४ पद्य श्लोक समेटिएको उल्लेख गर्दै रेग्मीले वृद्धावस्थामा पनि घिमिरेको शब्दशिल्पी मिलेको उल्लेख गरे ।
माधव वियोगी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, समाजसेवी शोभाखर घिमिरे, डा सोमनाथ सापकोटा, घिमिरेका छोराहरु मदन मुरारी घिमिरे, रेवतीरमण घिमिरे लगायतले स्व. घिमिरेको जीवनीको चर्चा गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवियित्री छन्दिका त्रिपाठी, कवि शिवप्रसाद त्रिपाठी, कवि नारायण बराल घिमिरेकी नातिनी श्रेयाश्री घिमिरे लगायतले कविता वाचन गरेका थिए । प्रतिष्ठान अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत खगराज शर्मा आचार्य र सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width