कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल विजयी, हारेका ३ जनाको आग्रह मानेनन् मतदाताले

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
kishor dutta baral

सभापतिमा विजयी किशोरदत्त बराल

पोखरा । पहिलोपटकको चुनावमा हारेका ३ जनाको समर्थन पाएका उम्मेदवार सुदीपमोहन भट्टराईलाई हराउँदै नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण शनिबा फेरि मतदान भएको थियो ।
दोस्रो पटकको मतदानमा १ हजार ९ सय २६ मत खसेकामा बरालले ९ सय ९५ मत पाउँदा भट्टराईले ९ सय १५ मतमा सिमित रहे ।
हारेका ३ जनाले विज्ञप्ति नै निकालेर भट्टाराईको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । तर मतदाताले त्यो आग्रहलाई लत्याउँदै बराललाई सभापतिमा निर्वाचित गरे ।

हारेका घ नेताले निकालेकाे विज्ञप्ति

सपभतिको लागि बराल, भट्टराई सहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले सभापति पदका लागि चुनावी मैदानमा थिए ।
बरालले शुक्रबारको मतदानमा ६ सय ४४ र भट्टराईले ४ सय ७२ मत प्राप्त गरेका थिए । गुरुङले ४ सय ६२, शर्माले ३ सय ३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।

शुक्रबारको चुनावबाट गुरुङ, शर्मा र गौतम बाहिरिएपछि बढी मत ल्याउने २ जना अर्थात् बराल र भट्टराईबीच प्रतिस्पर्धा भएको थियो ।
बरालवाहेक सबै नेता संस्थापन इतरका हुन् । सभापतिमा विजेता बराल देउवा निकट मानिए पनि आफू कुनै गुटको नभए समग्र नेपाली कांग्रेसको कार्यकर्ता भएको बताउँछन् ।

यसअघि क्षेत्रीय सभापति र आर्बा गाविसको अध्यक्षमा पराजित बराल शिक्षक नेता समेत हुन् । उनी नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

हाल उनी कांग्रेसको नीति तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width