वालिङ । स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।
पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।
सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उहाँले बताउनुभयो ।
“विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।” दश हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उहाँले बताउनुभयो ।
“चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी ग¥यौँ”, उहाँले भन्नुभयो, “धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो । अझै पनि केही छुट्नु भएकाले उहाँहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।”
स्याङ्जामा सूचीकृत हुनेको सङ्ख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए भने थप भए पनि पूर्ण तथ्याङ्क आइनसकेको उहाँको भनाइ छ । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी हुने अुनमान कार्यालयको छ । गत वर्ष धेरै फलेकाले यस वर्ष बोटमा कम फल लागेको, लामो समयसम्म भएको वर्षा र औँसा किराको प्रकोपका कारण पाँच–सात प्रतिशतसम्म उत्पादन घट्नसक्ने अनुमान गरिएको छ । स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट रु ५५ करोड बढी आम्दानी भएको थियो ।
Related News
सम्बन्धित समाचार
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
विदेश पलायन रोक्न वालिङ नगरपालिकाले दियो दूधमा अनुदान
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१