काठमाडौं । महानायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका हुन् ।
‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले ३ दशक अवधिमा २ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी नेपाली चलचित्र जगतका सबैभन्दा प्रभावशाली व्यक्तित्व हुन् ।
‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिएँ । म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुसी छु कि आज मैले जिप किनें ।’
केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ । ‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’
नयाँ कम्पासमा जिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने गर्न मद्दत गर्छ । नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।
Related News
सम्बन्धित समाचार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
हीरक जयन्ती प्रचारमा विन्ध्यवासिनीको ¥याली
अमरसिंहमा विद्यार्थी स्वागत तथा अभिमुखीकरण
निवृत्त शिक्षक समुदाय माछापुछ्रेमा जयलाल
डिज्नील्याण्डमा विद्यार्थी सम्मान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९