कांग्रेस स्याङ्जा सभापतिमा राजु थापा विजयी, मतान्तर ३२ मात्र

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
raju thapa

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार भएको जिल्ला अधिवेशनमा निर्वाचन मार्फत थापा विजयी भएका हुन् ।

थापाले आफ्ना प्रतिस्पर्धी भागवत प्रकाशलाई ३२ मतान्तरले पराजित गर्दै विजय हात पारे ।

२ हजार २ सय ५७ मतदाता रहेकामा २ हजार २ सय १८ मत खसेको थियो । थापाले १ हजार १ सय १७ मत प्राप्त गरे । मल्लले १ हजार ८५ मत प्राप्त गरे ।

उपसभापतिमा केदार काफ्ले र शेरबहादुर राना, सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल रेग्मी र सहसचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरेल विजयी भएका छन् । उनीहरुले क्रमश १ हजार ३ सय ७०, ८ सय ९३, १ हजार २ सय ९२, ९ सय ३४, १ हजार १ सय ५८ र ९ सय ३९ मत प्राप्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width