कांग्रेस कास्कीमा किशोरदत्तको अग्रता कायमै

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७८
kishor dutta baral

सभापतिमा विजयी किशोरदत्त बराल

पोखरा, १० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला सभापतिको लागि शुक्रबार भएको मतदानको गणना जारी छ । आगामी नेतृत्वका लागि ५ जना प्रतिस्पर्धामा छन् । तीमध्ये आधाजसो मतगणनामा सभापतिका प्रत्यासी किशोरदत्त बरालले अग्रता कायमै राखेका छन्।

शुक्रबार राति करिब ८ बजेदेखि सुरु गणनाअन्तर्गत १ हजार मत गनिसक्दा बरालले ३ सय ४४ मत प्राप्त गरेका छन् । २ हजार २५ मतमध्ये आगामी नेतृत्वका लागि ५० प्रतिशत बढी मत प्राप्त गर्नुपर्छ । यद्यपि कुनै पनि उम्मेदवारले सो सीमा कटाउने सम्भावना छैन ।

यस्तै, बरालका निकटतम प्रतिस्पर्धी सुदीपमोहन भट्टराईले २ सय ५५ मत ल्याएका छन् । यस्तै, आइबहादुर गुरुङले २ सय १३ मत, पोषनाथ शर्माले १ सय ४० र गिरिराज गौतमले ३० मत प्राप्त गरेका छन्।

कांग्रेस कास्की उपसभापति, सचिव र सहसचिव सबैमा बिहीबार ९/९ जनाको उम्मेदवारी परेको हो । उपसभापतिमा कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबाबु भण्डारी, रंगीला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद लामिछानेबीच प्रतिस्पर्धा छ।

सचिवमा अमृतकुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाको मनोनयन परेको छ । सहसचिवमा कृष्णमान ठुसाजु, गणेबहादुर थापा, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगाना प्रतिस्पर्धामा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width