महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ १० मङ्सिर (रासस) :
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।
विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । जीतसँगै नेपालले आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिनुभयो । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाउनुभयो ।
त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाउनुभयो । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिनुभयो ।
बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक÷एक विकेट लिनुभयो । नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो ।
त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । तीन खेल खेलेको युएई शत प्रतिशत नतिजाका साथ ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ । नेपाल अन्तिम खेल आइतबार युएईसँग खेल्नेछ । रासस
–––
Related News
सम्बन्धित समाचार
अमरसिंह र वाराही फाइनलमा
अन्तरविद्यालय क्रिकेट सुरु
राइजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जीत
महिला क्रिकेट टोलीलाई गण्डकीको सम्मान
क्रिकेट अफिसियललाई ज्याकेट
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९