Worldlink ads

महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित   

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७८
nepali-women-cricket-team

महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ १० मङ्सिर (रासस) :
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।

विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । जीतसँगै नेपालले आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिनुभयो । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाउनुभयो ।

त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाउनुभयो । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिनुभयो ।

बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक÷एक विकेट लिनुभयो । नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । तीन खेल खेलेको युएई शत प्रतिशत नतिजाका साथ ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ । नेपाल अन्तिम खेल आइतबार युएईसँग खेल्नेछ ।  रासस
–––

Related News

सम्बन्धित समाचार

    • राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

      रासस पौष १९, २०७८
      काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको…
    • क्रिकेटमा कास्की च्याम्पियन

      आदर्श समाज सम्वाददाता पौष १४, २०७८
      पोखरा । पोखरामा आयोजित गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरमाथि ९ विकेटको जीत निकाल्दै च्याम्पियन बनेको छ । मंगलबारको…
    • एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

      रासस मंसिर २०, २०७८
      काठमाडौं । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको…
    • यु–१९ छनौट क्रिकेटमा स्याङ्जाको दोस्रो जीत

      आदर्श समाज सम्वाददाता मंसिर ३, २०७८
      पोखरा । पोखरा रंगशालामा जारी वाइवाइ यु–१९ क्षेत्रीय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जीत निकालेको छ । बिहीबार भएको खेलमा…
    • क्रिकेटमा स्याङ्जा विजयी

      आदर्श समाज सम्वाददाता मंसिर २, २०७८
      पोखरा।पोखरामा जारी यु–१९ क्षेत्रीय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले तनहुँमाथि १ सय १० रनको फराकिलो जीत निकालेको छ । म्यान अफ…

    hero news full width