निर्माण मजदुरलाई ५ हजार राहत

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८

नयाँ दिल्ली । भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ ।

वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पीडित भएका मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने निर्णय भएको मुख्य मन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।

“सरकारले निर्माण कार्य रोक्न अनुरोध गरेपछि निर्माण कार्य गर्नबाट वञ्चित भएका मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने निर्णय गरेको छ,” उहाँले भन्नुभयो ।

काम विमुख भएका मजदुरहरूलाई उनीहरूकै खातामा पैसा पठाइने व्यवस्था भएको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारका कारण कामबाट वञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपूर्तिस्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उहाँको भनाइ छ ।

भारतका विहीबार पनि वायु प्रदूषणको गुणस्तर अति नराम्रो अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width