कांग्रेस जिल्ला सदस्यमा अर्पणको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८
arpan koirala

पोखरा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कास्की जिल्ला सदस्यमा अर्पण कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले समावेशीता र समाजवादका लागि अपांगता वा अल्पसंख्या कोटामा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पोखराको गैह्रापाटन निवासी कोइराला नेविसंघ पूर्व जिल्ला सदस्य, लोकतान्त्रिक अपांग संघ जिल्ला कोषाध्यक्षसमेत हुन् । उनले आफ्नो प्राथमिकतामा अपांगता भएका व्यक्तिको राजनीतिक आधार र हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width