उपसभापतिमा रंगिलाको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८
rangila

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला उपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले सामाजिक सञ्जालमार्फत उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

कांग्रेसमा सवल र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएकी छन् । उनले विगतमा जस्तै माया र सद्भावसहित सहयोगका लागि क्षेत्रीय प्रतिनिधिलाई मतदान गर्न लागि आग्रह गरेकी छन् ।
हालै उनी कास्की क्षेत्र २ बाट महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न संगठनमा रहेर क्रियाशील रहँदै आएकी उनले सामाजिक कार्यसमेत गर्दै आएकी छन् । उनले गत वर्ष कोरोना महामारीको बेला विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width