शाही ‘कू’ ले जन्माएको नेता

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८
padam~

पोखरा । २०६१ माघ १९ को शाही ‘कू’ । विद्यार्थी राजनीतिबाट उदाउँदै गरेका पदम गिरी । गणतन्त्रको पक्षमा आवाज उठाउँदै गर्दा शाही नेपाली सेनाले पक्राउ गरेर बंकरमा कोचेपछि धेरैको राजनीति सकियो । गिरी बंकरबाट विचलित भएनन्, राजनीतिको नयाँ कोर्समा प्रवेश गरे । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेका उनी काठमाडौं हान्निएनन्, जिल्ला फर्किए । अहिले उनी पर्वतको एमाले अध्यक्ष हुन् ।
२०४८ को निर्वाचनपछि पर्वतमा एमाले सधैं पराजित थियो । एमालेले जितेको बेला १३ वर्ष उमेरका गिरी राजनीतिमा संघर्ष गरे, संगठन निर्माणमा खटिए र २६ वर्षपछिको हारलाई जीतमा परिणत गराए, त्यो पनि भारी मतका साथ । तत्कालीन एमालेमा माधव नेपाल समूह बलियो रहेको पर्वतमा उनी ओली नजिकका हुन् । उनै गिरीले नेकपा एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।

एमालेको १० औं महाधिवेशनमा पदम गिरीले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन्

खुलेर उम्मेदवारी घोषणा नगरे पनि उनी उम्मेदवारीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रिन सिग्नल’ कुरिरहेका छन् । प्रतिनिधिसमा सदस्य समेत रहेका गिरीले भूगोलबाट केन्द्रीय सदस्यमा दावा गरेका हुन् । चितवन महाधिवेशनको मिति नजिकिंदै गर्दा पदाधिकारीमा उम्मेदवारी घोषणा धमाधम भइरहेको छ तर केन्द्रीय सदस्यका उम्मेदवा चुपचाप छन् ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीका प्रत्येक जिल्लाबाट केन्द्रीय सदस्य हुनुपर्ने आवाज उठाएका छन् । त्यसो हुँदा पर्वतमा को केन्द्रीय सदस्य बन्ने भन्ने रस्साकस्सी छ । ‘जिल्ला अध्यक्ष हाँकेको र चुनावमा पार्टीलाई जिताएको अनुभव मसँग छ । यसलाई अन्त पनि बिस्तार गर्ने योजना गरेको छु,’ गिरीले भने, ‘राजनीति गरेपछि केन्द्रमा पुग्छु भन्ने आश कसलाई हुँदैन र ? म पनि केन्द्रीय सदस्यको आकांक्षी हुँ ।’ सर्वसम्मत कार्यसमिति चयन हुँदा पनि आफू टिमभित्र पर्ने उनको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width