Worldlink ads

प्रचण्डसँग तत्काल एकता सम्भव छैन : विप्लव

साधन राम्जाली
मंसिर ९, २०७८
biplav

????????????????????????????????????

म्याग्दी । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकता सम्भव नभएको स्पष्ट पारेका छन् ।
मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधबार बेनीमा उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चलेजस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् । ‘बाहिर हल्ला चलेको छ, प्रचण्ड र विप्लवबीचमा एकता हुँदैछ,’ उनले भने, ‘एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुपर्छ ।’
उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ ‘प्रचण्डजीलाई भेटमा भनेको छु, तपाई प्रधानमत्री, अध्यक्ष भइसक्नुभयो त्यसैले पार्टीको जिम्मेवारी हाम्रो काँधमा छोडेर तपाई संरक्षक भएर बस्नोस् ।’
सरकारसँग भएका तीनबँुदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे । तीनबुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने ,‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे ! व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन ।’
‘२÷४ करोड रुपैयाँ र ७ मन्त्रालय पाइएको थियो,’ उनले भने ,‘केपीजीले आफ्नो स्वार्थको लागि दर्जन बढी विधेयक र अध्यादेश ल्याए तर हाम्रा कमरेडलाई जेलमा राखेर कानुनको बाधा छ भन्नुभयो ।’
उनले थपे,‘अहिले प्रचण्ड र शेरबहादुरजीहरुपनि तीन बुँदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’ उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । एनसेल विरुद्ध लड्न खोज्दा आफूहरुलाई प्रतिबन्ध लगाइएको दाबी गरे । उनले देशमा संसीदय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाको लागि जनमतमा जानुपर्ने बताए । अदालतका न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाएका छन् ।

न्यायाधीशहरुले संविधान हातमा लिएको उनले आरोप लगाए

‘नेपालमा पुँजीपतिको संसदीय व्यवस्था असफल भइरसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन संकटमा फस्दै जानु, समस्यामा पर्नु अनिवार्य छ,’ उनले थपे, ‘दुइतिहाई हुँदा पनि सरकार ढल्यो । संसद ढल्यो । कानुन पनि लथालिंग छ । अदालतमा कुटाकुट छ । त्यसैले यो व्यवस्था असफल भयो भनेका हौं ।’
उनले न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाए । उनले भने, ‘पहिले हामीलाई तपाईले कानुन हातमा लिनुभयो भनेर प्रश्न सोध्ने न्यायाधीशहरुले अहिले संविधान हातमा लिएका छन् ।’
उनले नेपालमा मगर समुदायको ठूलो योगदान रहेको समेत उल्लेख गरे । ‘मगर जातिको इतिहास हजारौं वर्षको छ । क्रान्तिका लागि । देशको हरेक परिवर्तनका लागि । र, दोस्रो विश्व युद्धमा समेत मगर समुदायको ठूलो भूमिका छ,’ विप्लवले थपे, ‘विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान, अधिकार, भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’
कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
कार्यक्रममा उमा भुजेल, रामबहादुर बिक, अनेमसंघ क्रान्तिकारीका सचिव उषा घर्ती घिमिरे, म्याग्दी जिल्ला सेक्रेटरी सुशीला बिक लगायतले बोलेका थिए । तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जनुमुक्ति सेना स्थापना तथा ८ मंसिर २०७१ सालमा नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरेका हुन् । ३ दिनसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संयोजक तथा पूर्व सांसद गमबहादुर श्रीसमगरले बताए ।

Related News

सम्बन्धित समाचार

    • कांग्रेस महाधिवेशनः आकांक्षीको अडानले अड्कियो उम्मेदवार चयन

      आदर्श समाज सम्वाददाता मंसिर १६, २०७८
      पोखरा । नेपाली कांग्रेसका प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । तर अधिवेशन उद्घाटनको दिनसम्म पनि गण्डकी प्रदेशमा भने वरिष्ठ नेता रामचन्द्र…
    • कोरोनाले मुस्ताङ प्रवेशमा कडाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा, १५ मंसिर । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना संक्रमणको…
    • पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      काठमाडौं ।  नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च…
    • एमालेमा ओलीको दोस्रो इनिङ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।…
    • गण्डकी कांग्रेस : देउवाका जोशी, पौडेलका ५ भाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि संख्या हेर्दा गण्डकी प्रदेश केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको बहुमतमा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग