Worldlink ads

कास्की कांग्रेसको सभापतिमा सरस्वतीले गरिन् उम्मेदवारी घोषणा

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
saraswati gurung

पोखरा ।  नेपाली कांग्रेस कास्कीको सभापति पदका लागि सरस्वती गुरुङ्ले उम्मेदवारी दिने घोषणा गरेकी छन्।

कास्की कांग्रेसको सभापतिमा १३औं महाधिवेशनमा पराजित भएका पोषनाथ शर्माले पनि उम्मेदवारी घोषणा गरेका छन्। यसअघि नै कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका मनोज गुरुङ भने क्षेत्र नम्बर ३ को सभापति भइसकेका छन्। उनीसँगै सुदीपमोहन भट्टराईले पनि सभापतिमा उम्मेदवारी दिने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ। किशाेरदत्त बरालले ४ वर्षे रणनीतिक योजना बनाएर चुनावमा हाेमिएका छन् ।

त्यसाे त वर्तमान सभापति कृष्ण केसीकाे दाेहाेरिने सम्भावना पनि उत्तिकै छ । प्रदेश सभापतिमा रहर गरेका शुक्रराज पनि ताक परे फेरि जिल्ला सभापतिमै उठ्न सक्ने चर्चा पनि चलेकाे छ ।

सरस्वती हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् । उनी २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङसँग पराजित भएकी थिइन्।

उनी कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग