कास्की प्रशासन परिसरमा निशुल्क स्वास्थ्य परीक्षण, १७६ ले सेवा लिए

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
health camp

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवं पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोगमा बुधबार आयोजित निशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको प्रांगणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारीलगायतले स्वास्थ्य परीक्षण गराएका थिए ।
सेवाग्राहीको चाप भइरहने कार्यालयमा सामाजिक उत्तरदायित्वसमेत बोध गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width