आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
amrit

पोखरा । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन विजयी भएका छ्न् ।

भट्टचनले कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडि पार्दै सभापतिमा निर्वाचित भएका हुन् ।

भट्टचनले ६ सय ७० मत ल्याउँदा पराजुलीको पक्षमा ४ सय ४७ मत परेको हो । भट्टचन रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी प्यानलबाट र पराजुली डा। शशांक कोइरालाको प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

यस्तै, २–२ पद रहेको सचिव सह–सचिवमा भने मिश्रित परिणाम आएको छ । सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् । श्रेष्ठ कोइराला र सापकोटा जिसी प्यानलबाट सचिवमा निर्वाचित भएका छन् ।

सहसचिवमा पनि दुवै प्यानलबाट एक–एक जना आएका छन् । जिसी प्यानलका टीकाराम सापकोटा र कोइराला प्यानलका तेजप्रसाद घिमिरे सह सचिवमा निर्वाचित भएका छन् ।

२२ सदस्यीय कार्य समितिको सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width