बुद्धिचाल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
bal mandir 2

पोखरा । विश्व बालअधिकार दिवस अवसरमा बाल मन्दिर महिला समूह र विन्ध्यवासिनी बुद्धिचाल क्लबको आयोजनामा अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता भएको छ ।
४८ जना विद्यार्थीले भाग लिएको सो प्रतियोगिताको उद्घाटन पोखरा ३ का वडाध्यक्ष रवीन्सन प्रजुले गरेका थिए ।
कार्यक्रममा बालमन्दिर माविका छात्र अस्मित रेग्मी प्रथम, प्रतिभा सेकेण्डरी बोर्डिङ स्कुलका मदन अधिकारी दोस्रो, बाल मन्दिर माविका भास्कर मल्ल तेस्रो भए । सो अवसरमा १० विद्यार्थीलाई सान्त्वना पुरस्कार वितरण गरियो ।
कार्यक्रममा नेपालका राष्ट्रिय आर्विटर रामबहादुर क्षत्री, नरेन्द्र रानाभाट र सागर शाहीले निर्णायक थिए ।
बुद्धिचाल खेलले विद्यार्थीको रुचि अभिवृद्धि गर्दै राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन गोरेटो पहिल्याउने हुँदा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width