राप्रपा महाधिवेशन प्रतिनिधि छनोट

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
rpp~

हेमजा । राप्रपा कास्की क्षेत्र ३ (क) बाट केन्द्रीय महाधिवेशनका लागि मंगलबार प्रतिनिधि छनोट गरिएको छ ।
जसमा महिलाबाट माता भण्डारी र पार्वती उच्चै ठकुरी, उत्पीडित समुदायबाट जीतबहादुर सुनार, आदिवासी जनजाति/मधेसी/थारु/मुस्लिम/पिछडिएका क्षेत्रबाट सेते गुरुङ ‘बिजुली’ र मोतिमान शाक्य चुनिए ।
खुलाबाट वरुणविक्रम राणा, शिवकुमार बास्तोला र कृष्णबहादुर शाही प्रतिनिधि भए भने, माछापुच्छ्रे गाउँपालिका कार्यसमिति अध्यक्ष सन्तोष गुरुङ र प्रदेशसभा (क) अध्यक्ष पूर्णबहादुर गुरुङ ‘जापान’ पदेन प्रतिनिधि रहे ।
पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’ ले राप्रपा नेपालको एकमात्र राष्ट्रवादी पार्टी भएको दाबी गरे । उनले पार्टीलाई अग्रणी बनाउनुपर्नेमा जोड दिंदै पार्टीले लिएको सिद्घान्त आमजनतामाझ पुर्‍याउनुपर्ने औंल्याए ।
केन्द्रीय सदस्य वरुणविक्रम राणाले पार्टीले हाल नेपालको व्यवस्था नै परिवर्तन गर्न चाहेको भनाइ राखे । जसका लागि सबै जनताको साथ रहनुपर्ने उनको भनाइ छ । उनले आफ्नो पार्टीले हाल बाध्यात्मक रुपमा संविधान माने पनि अब आन्दोलतमार्फत व्यवस्था नै परिवर्तन गर्न पहल गर्ने बताए ।
प्रदेशसभा (क) अध्यक्ष पूर्णबहादुर गुरुङ ‘जापान’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य बिजुलीप्रसाद गुरुङले स्वागत र सदस्य विष्णु ढुंगानाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width