समावेशीताका लागि वैदिक शिक्षाबारे अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
manab milan

पोखरा । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले देशका सबै जातजाति, भाषा, धर्म, संस्कृतिको सामूहिक पहिचान नै राष्ट्रिय संस्कृति रहेको बताएका छन् ।
राष्ट्रिय समावेशी आयोग र नेपाल शिक्षण परिषद्द्वारा पोखरामा मंगलबा आयोजित समावेशीताकालागि वैदिक शिक्षाबारे अन्तक्र्रियामा बोल्दै डा. तिमिल्सिनाले सो कुरा बताएका छन् ।
वेदमा बहुमूल्य कुरा रहेको तर संस्कृत भाषामा भएको हुँदा सबैलाई ज्ञान हुन नसकेको उल्लेख गर्दै उनले त्यसलाई नेपालीमा रुपान्तरण गरी सहज गराउन सके वैदिक शिक्षाको महत्व सबैले थाहा पाउने उल्लेख गरे । गण्डकी प्रदेश समावेशीताको उर्बर क्षेत्र रहेको चर्चा गर्दै उनले यस क्षेत्रको जातीय तथा धार्मिक सद्भाव उदाहरणीय भएको बताए ।
मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मनिभद्रमुनि महाराजले अल्पसंख्यकको रुपमा रहेको जैन, शिख आदि धर्म सम्प्रदायको संरक्षण सम्बद्र्धनको लागि आयोगको ध्यानाकर्षण गरे ।
क्षत्री समाज नेपालका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले समावेशीताको लागि गहन अध्ययन र छलफल जरुरी रहेको तथा त्यसले दिने प्रतिवेदन सबैका लागि मान्य हुनुपर्ने बताए । ब्राह्मण समाज नेपालका अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले समाजले समावेशीताको आवाज धेरैअघि देखि उठाउँदै आएको उल्लेख गरे ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा. भोलानारायण रेग्मीले वैदिक शिक्षा आदिकालदेखि नै समावेशी शिक्षा भएको चर्चा गर्दै भने, ‘वेदले प्रवेश गराउँछ, निषेध होइन ।’ नेपाल शिक्षण परिषद्का अध्यक्ष आदित्यकुमार खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महामन्त्री बाशुदेवकृष्ण शास्त्रीले स्वागत तथा कोषाध्यक्ष अधिवक्ता युवराज गौतमले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय समावेशी आयोगका उपसचिव पुष्कर भट्टराईले गरेका थिए ।
यसैबीच, नेपाल शिक्षण परिषद् गुरुकुल प्रकल्प गण्डकी प्रदेशको संयोजनमा डा. भोलानारायण रेग्मी मनोनयन भएको परिषद्का महामन्त्री बाशुदेवकृष्ण शास्त्रीले जानकारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width