जिल्ला सदस्यमा विश्वशंकरको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
BISHOW SHANKAR

पोखरा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । ५ दशकदेखि कांग्रेसमा आवद्ध रहेको बताउँदै उनले अब व्यावसायिकबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत घोषणा गरे ।
पद कहिले पनि सानो वा ठूलो नहुने भन्दै उनले जिम्मेवारीबोध नै सबैभन्दा बढी महत्वपूर्ण भएको बताए । पार्टीको नीति नियम आत्मसाथ गर्दै कांगे्रसलाई अझै सुदृढ र बलियो बनाउँदै लैजानु आफ्नो दायित्व रहेको उनले बताए ।
प्रजातन्त्र स्थापनाका लागि पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्र्दै उनले आफ्ना बुबा दयाशंकर पालिखे जीवनपर्यन्त पार्टीमा आवद्ध भए पनि कहिल्यै पदमोह नभएको स्मरण पनि गरे ।
२०२९ सालमा पृथ्वीनारायण क्यामपसबाट नेविसंंघको सदस्यता लिएर विश्वशंकरले राजनीतिक यात्राको थालनी गरेका थिए । त्यस्तै उनले २०४६ सालको जनआन्दोलनमा कास्की कांग्रेसको तर्फबाट सक्रिय भूमिका निर्वाह गरेका थिए । २०५७ देखि २०६० सालसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा नेपाल पर्यटन बोर्डमा कार्यकारी बोर्ड सदस्य भएर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए । पालिखेसँग नेपाल ट्रायथोलन संघको संस्थापक अध्यक्ष, नेपाल चीन जनमैत्री संघ पोखराको अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराको अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष लगायत अन्य संघसंस्थाहरुको महत्वपूर्ण पदमा रहेर काम गरेको अनुभव रहेको छ । उनी रेडियो अन्नपूर्णको संस्थापक अध्यक्ष समेत हुन् ।
खेलबाट पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन उनले २०५० सालमा साहसिक खेल ट्रायथोलन संघको स्थापना गरेका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उनको महत्वपूर्ण भूमिका छ । त्यस्तै ‘जाऔं है पोखरा’, पोखरा भ्रमण वर्ष–२००७, उज्यालो पोखरा, पानीको मुहान शुद्धिकरण र नेपाल भेन्टिलेटर सोसाइटी कास्कीको संयोजकसमेत भएर काम गरिसकेका पालिखेको सामाजिक कार्यमा महत्वपूर्ण योगदान छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width