Worldlink ads

अखिल नेपाल खेलकुद महासंघ कास्कीमा वामदेव

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
KHELKUD SANGH

पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम कास्की जिल्ला भेलाले वामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डो¥याउने आफ्नो लक्ष्य बनाएको छ ।

‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी पनि सिद्ध पनि मानिन्छ । त्यसैले हामीले भेलाको आयोजना गरेर संगठित रुपमा अगाडि बढ्ने निर्णय गरेका हौँँ ।’ अध्यक्ष चयन भएसँगै बामदेव सुवेदीले भने ।

नवगठित कार्यसमितिकै सकृयतामा निकट भविष्यमै कास्की जिल्लामा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने, खेलाडीहरुको वृत्तिविकासमा लक्षित कामहरु गर्ने र खेलकुद क्षेत्रलाई स्वच्छ अनि विवादरहित बनाउने काममा लाग्ने लक्ष्य लिएको कार्यसमितिका उपाध्यक्ष प्रकाश मल्लले बताए ।

Related News

सम्बन्धित समाचार

    • खेलकुद परिषद सदस्य सचिवमा टंकलाल नियुक्त

      आदर्श समाज सम्वाददाता मंसिर १४, २०७८
      पोखरा । सरकारले राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले नेपाल रग्बी संघका…
    • सहारा क्लब हङकङमा दीपक

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । सहारा क्लब हङकङको अध्यक्षमा दीपक गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पनन तेस्रो अधिवेशनले दीपकको अध्यक्षतामा २०…
    • पोखरा आदर्श सेकेण्डरीमा खेलकुद

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा । पोखरा आदर्श सेकेण्डरी स्कुल, बगरले अन्तरसदनात्मक खेलकुद कार्यक्रम–२०७८ गरेको छ । २ दिनसम्म चलेको खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय…
    • महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित   

      आदर्श समाज सम्वाददाता मंसिर १०, २०७८
      महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित काठमाडौँ १० मङ्सिर (रासस) : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी…
    • अखिल नेपाल खेलकुद महासंघ कास्कीमा वामदेव

      आदर्श समाज सम्वाददाता मंसिर ८, २०७८
      पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम कास्की जिल्ला भेलाले वामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग