स्याङ्जा जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमा पराजीत

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
kumar

पोखरा । नेपाली कांग्रेस  स्याङ्जाका कार्यवाहक सभापति कुमार राना महाधिवेशन प्रतिनिधिमा पराजीत भएका छन् ।  उनले ४ सय ३७ मत प्राप्त गरे । सभापतिका दाबेदार राजु थापाले सर्वाधिक ८ सय २३ मत ल्याएका छन् ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अजीत क्षेत्री ७ सय ५, तुलसी गिरी ६ सय ८०, गोविन्द रानाभाट ५ सय ५६ , भरतप्रसाद लम्साल ५ सय ३८, डोलबहादुर खड्का ५ सय २३, प्रेमराज पौडेल ५ सय १४, इन्द्रबहादुर रिजाल ४ सय ७५, भूमिबहादुर गुरुङ ४ सय ६७ र श्रीराम उपाध्याय ४ सय ५१ मतका साथ विजयी भए ।

इन्द्रबहादुर गोदारले ४ सय ३६, केशवराज लम्साल ३ सय ३८०, गोविन्दकुमार कर्मचार्य २ सय ९७, डिलबहादुर खत्रीक्षेत्री २ सय २१, दीर्घनारायण शर्मा २ सय ३१, दिपक शर्मा वाग्ले ३ सय ९८, पवन नेपाल २ सय ३८, प्रेमबहादुर केसी २ सय ४५, यामबहादुर गुरुङले ४ सय २०  मत प्राप्त गरेका छन् ।

यसैगरी स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी विजयी भएका छन् । रेग्मीले कुल १ हजार १२ मतमा ६ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् ।

क्षेत्रीय सभापतिमा विजयी रेग्मीले ओमबहादुर भट्ट क्षेत्री र दुर्गा प्रसाद पौडेललाई भारी मतले पछि पार्दै विजयी भए ।  भट्ट क्षेत्रीले ३ सय १४ मत र  पौडेलले २६ मत प्राप्त गरेका छन् ।

१ हजार २९ मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ मा १०१२ मत खसेको थियो । भट्ट क्षेत्री गाेपालमान खेमा हुन् भने रेग्मी राजु थापा  प्यानलबाट उठेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width