पेसीका लागि गोलाप्रथा

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८

पोखरा । सर्वाेच्च अदालतमा पेशी व्यवस्थापनका लागि गोला प्रथा लागु गर्न बाटो खुलेको छ । सर्वाेच्च अदालत नियमावली संशोधन प्रस्ताव फुलकार्टले पारित गरेपछि कानुन मन्त्रालय हुँदै छपाइका लागि मुद्रण विभाग पुगेको थियो । मुद्रण विभागले सोमवार नै राजपत्र छापेर बेवसाइटमा समेत राखेको छ ।
नियमावली संशोधनका लागि बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भौतिक उपस्थिति नजनाए पनि निर्णयमा भने हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेपछि नेपाल राजपत्रमा प्रकाशनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको थियो।
अब पुनः फुलकोर्ट बैठक बसेर गोला प्रथा लागु गर्ने मिति तय हुनेछ । पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै न्यायाधीशहरूले आफैं मुद्दाको गोला तान्नेछन् । प्रधानन्यायाधीश जबरालाई गोला तान्न नदिने, उनले गोला तानेमा पनि उनीसँग बेञ्च शेयर नगर्नेमा न्यायाधीशहरू एकमत छन् । प्रधानन्यायाधीश जबरामाथि गम्भीर प्रश्नहरू उठेका कारण पदबाट राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसन आन्दोलित छ । सर्वोच्चका न्यायाधीशहरूले पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित नियमित सुनुवाइ बहिष्कार गर्दै आएका छन् । गत कात्तिक ८ देखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली लगायतका केही मुद्दा मात्र हेर्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width