कांग्रेसको क्षेत्रीय अधिवेशन : कास्कीमा ९८% मतदान, गणना जारी

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
congress ~

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि मतदान भएको छ । साथै महाधिवेशन प्रतिनिधिका लागि पनि मतदान भयो ।
कास्कीका ३ वटै क्षेत्रमा गरी कुल ९८.८ प्रतिशत मत भयो । २ हजार ८८ मतदाता रहेकोमा २ हजार ६३ मत खसेको निर्वाचन समितिले जनाएको छ । कास्की क्षेत्र १ को तालचोकस्थित शुभम् पार्टी प्यालेस, २ को नयाँबजारस्थित प्रदर्शनी केन्द्र र ३ को हेमजास्थित ग्रिन हाउस पार्टी प्यालेसमा शान्तिपूर्णरुपमा मतदान भएको हो । सबै मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता थियो । आफूले रोजेको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिलाई मत प्रदान गर्न केन्द्रमा भीड देखिन्थ्यो ।
कास्की क्षेत्र १ मा ८ सय ५३ मतदाता रहेकोमा ८ सय ८२ मत खस्यो । क्षेत्र २ मा ४ सय ९९ मतदातामध्ये ४ सय ९५ मत खसेको छ । यस्तै, ७ सय ३६ मतदाता रहेको क्षेत्र ३ मा ७ सय २६ जनाले निर्वाचनमा भाग लिए । सोमबार राति ८ बजेदेखि मात्र मतगणना सुरु भएकोले यसको अन्तिम परिणाम मंगलबार बिहानसम्म आइपुग्ने जनाइएको छ ।
कास्की क्षेत्र १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणि लामिछानेबीच प्रतिस्पर्धा छ । सचिव र सहसचिवमा समान ४ जनाको उम्मेदवारी परेको छ । सचिवमा ओमप्रकाश गुरुङ, जितेन्द्र गुरुङ, सरोज केसी र शोभामोहन पौडेल दाबेदार छन् । सहसचिवमा उपेन्द्र न्यौपाने, किरण थापा, मोति गिरी र सुजता गुरुङबीच प्रतिष्पर्धा भएको हो । क्षेत्रीय कार्यसमिति अन्तर्गत प्रदेशसभा (क) बाट महिलामा ईन्दिरा लामिछाने, खुलाबाट उमाकान्त आचार्य र कृष्णकुमारी शर्मा तथा प्रदेशसभा (ख) बाट उम्मेदवारी नै परेको छैन ।
प्रतिनिधिसभाबाट महिलामा तीर्थकुमारी बरुवाल र खुलातर्फ गणेश विक, मोतिकुमार श्रेष्ठ र सन्तोष तिवारी सर्वसम्मत चयन भैसकेका छन् । खस आर्य महिलामा पार्वतीदेवी थापा र अल्पसंख्यकबाट कृष्णकुमार भुजेल, आदिवासी जनजाति महिला मीना माल, खुलामा एकबहादुर गुरुङ सर्वसम्मत भए । खस आर्य खुलामा २ र दलित कोटामा पनि २ जनाको उम्मेदवारी परेको छ ।
कास्की १ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष महिलामा ११, खुलामा २६, खस आर्य महिलामा ४, खस आर्य खुलामा १०, आदिवासी जनजाति महिलामा ४ र आदिवासी खुलामा ३, दलितमा ३ र मधेशी, मुस्लिम, अल्पसंख्यक वा अपांग कोटामा ५ जनाको प्रतिष्पर्धा छ ।
कास्की क्षेत्र २ सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोषी प्रतिस्पर्धी बनेका छन् । सचिवमा गायत्री पराजुली, देवकृष्ण पराजुली, महेन्द्र अधिकारी, सरोजनारायण बराल र हिमराज अधिकारी तथा सहसचिवमा दीपेन्द्र बराल, भावना श्रेष्ठ, माधवप्रसाद कँडेल, विश्वराज आचार्य र शिवराज देवकोटा छन् । क्षेत्रीय कार्यसमिति अन्तर्गत प्रदेशसभा (क) बाट महिलामा रन्जिता रेग्मी तथा खुलामा इन्द्रबहादुर खत्री र कृष्णप्रसाद लामिछाने निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा (ख) बाट महिलामा शान्ता दवाडी तथा खुलामा गौरव बराल र प्रेम पहारी सदस्य बने ।
प्रतिनिधिसभा क्षेत्रबाट महिला दुर्गा थापा निर्विरोध भइन् भने खुलामा ६ जना चुनावी मैदानमा छन् । समानुपातिकमा खस आर्य महिलामा तुलसी बराल, खस आर्य खुलामा आनन्दराज अधिकारी र ललितबहादुर कुँवर, आदिवासी जनजाति महिलामा राममाया मानन्धर, खुलामा रविन गुरुङ, दलितमा ओममाया नेपाली निर्विरोध निर्वाचित भएका छन् । मधेशी, अल्पसंख्यक, मुस्लिम वा अपांग कोटामा ४ जना उम्मेदवार छन् ।

आफूले रोजेको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि छान्न मतदान केन्द्रमा भीड

क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ २६, प्रत्यक्ष महिलामा १०, खस आर्य महिलामा ४, खस आर्य खुलामा ७, आदिवासी जनजाति महिलामा ४, आदिवासी खुलामा ७, दलित कोटामा ४, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक वा अपांग कोटामा २ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए ।
कास्की क्षेत्र ३ सभापतिमा तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ र पुराना नेता खिमलाल बास्तोला सभापतिको प्रतिस्पर्धी छ्न । सचिवमा भरतबहादुर केसी, मेखबहादुर तामाङ, राजाराम पौडेल र लक्ष्मीप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुनेछ । सहसचिवमा आइन्दल गुरुङ, धरमबहादुर लामिछाने, महेश तिमिल्सिना र शीतल अधिकारी चुनावमा गएका हुन् । कार्यसमिति सदस्यमा प्रदेशसभा (क) बाट महिलामा २ र खुलामा ४ जना उम्मेदवार छन् । प्रदेशसभा (ख) बाट महिलामा २ र खुलामा ६ जनाले मनोनयन दर्ता गराए । प्रतिनिधिसभा क्षेत्रबाट महिला सदस्यमा माया अधिकारी निर्विरोध भइन् । प्रतिनिधिसभा खुलामा ५, खस आर्य महिलामा २, खसआर्य खुलामा ४, आदिवासी जनजाति महिलामा २, आदिवासी जनजाति खुलामा २, दलितमा २ र अल्पसंख्यक तथा अपांगता कोटामा २ जना भिडेका हुन् ।
क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा ४, खस आर्य खुलामा ५, आदिवासी जनजाति महिलामा ४, आदिवासी जनजाति खुलामा ४, प्रत्यक्ष खुलामा २५, प्रत्यक्ष महिलामा ८, दलित महिलामा २, दलित खुलामा ३ जनाको उम्मेदवारी परेको छ । मुस्लिम कोटाबाट भने अब्दुल रसिद मियाँ सर्वसम्मत चयन भएका छन् ।

१२५ क्षेत्रमा अधिवेशन
कांग्रेसको महाधिवेशनअन्तर्गत सोमबार १ सय २५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको हो ।
मुलुकका कुल १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १ सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम हुन थालिसकेको छ । सोमबार हुन नसकेका निर्वाचन क्षेत्रमा समितिको सहमतिमा मंगलबारदेखि अधिवेशन प्रारम्भ हुने रिजालले बताए । यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मंसिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गतेका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन मंसिर १० मा हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।
एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिले जनाएको छ । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा भने वडा अधिवेशन प्रारम्भ हुन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width