कांग्रेसको क्षेत्रीय अधिवेशन आज मतदान, सबै क्षेत्रमा प्यानलबीच प्रतिस्पर्धा

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७८
1nepali congress

पोखरा । १४ औं महाधिवेशनअन्तर्गत कास्की कांग्रेसले वडा, पालिका हुँदै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन टुंग्याएको छ । आइतबारदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको छ । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि आइतबार नै मनोनयन भएको छ भने सोमबार मतदानको कार्यक्रम छ । कास्कीमा केन्द्रीय प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा जिल्ला सभापति कृष्ण केसी र पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानल बनेको छ । क्षेत्र नम्बर २ मा पूराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ । तल्लो तहबाटै सोहीअनुसार प्यानलको प्रतिस्पर्धा चलेको छ । केही उम्मेदवारले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

कास्की १ को सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणि लामिछानेबीच प्रतिस्पर्धा हुने भएको छ । सचिव र सहसचिवमा समान ४ जनाको उम्मेदवारी परेको छ । सचिवमा ओमप्रकाश गुरुङ, जितेन्द्र गुरुङ, सरोज केसी र शोभामोहन पौडेल दाबेदार छन् । सहसचिवका लागि उपेन्द्र न्यौपाने, किरण थापा, मोति गिरी र सुजता गुरुङले मनोनयन दर्ता गराए । क्षेत्रीय कार्यसमिति अन्तर्गत प्रदेशसभा (क) बाट महिलामा इन्दिरा लामिछाने, खुलाबाट उमाकान्त आचार्य र कृष्णकुमारी शर्मा तथा प्रदेशसभा (ख) बाट उम्मेदवारी नै परेको छैन ।
प्रतिनिधिसभाबाट महिलामा तीर्थकुमारी बरुवाल र खुलातर्फ गणेश विक, मोतिकुमार श्रेष्ठ र सन्तोष तिवारी सर्वसम्मत चयन भैसकेका छन् । खस आर्य महिलामा पार्वतीदेवी थापा र अल्पसंख्यकबाट कृष्णकुमार भुजेल, आदिवासी जनजाति महिला मीना माल, खुलामा एकबहादुर गुरुङ सर्वसम्मत भए । खस आर्य खुलामा २ र दलित कोटामा पनि २ जनाको उम्मेदवारी परेको छ ।

तल्लो तहबाटै प्यानलको प्रतिस्पर्धा चले पनि केही स्वतन्त्र उम्मेदवार छन् । ८ बजेदेखि मतदान सुरु भएकाे छ ।

महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष महिलामा ११, खुलामा २६, खस आर्य महिलामा ४, खस आर्य खुलामा १०, आदिवासी जनजाति महिलामा ४ र आदिवासी खुलामा ३, दलितमा ३ र मधेशी, मुस्लिम, अल्पसंख्यक वा अपांग कोटामा ५ जनाको मनोनयन परेको निर्वाचन अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।

क्षेत्र नम्बर २ को सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोषी प्रतिस्पर्धी बनेका छन् । सचिवमा गायत्री पराजुली, देवकृष्ण पराजुली, महेन्द्र अधिकारी, सरोज नारायण बराल र हिमराज अधिकारी तथा सहसचिवमा दीपेन्द्र बराल, भावना श्रेष्ठ, माधवप्रसाद कँडेल, विश्वराज आचार्य र शिवराज देवकोटाले मनोनयन दर्ता गराए । क्षेत्रीय कार्यसमिति अन्तर्गत प्रदेशसभा (क) बाट महिलामा रन्जिता रेग्मी तथा खुलामा इन्द्रबहादुर खत्री र कृष्णप्रसाद लामिछाने निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा (ख) बाट महिलामा शान्ता दवाडी तथा खुलामा गौरव बराल र प्रेम पहारी सदस्य बने ।

प्रतिनिधिसभा क्षेत्रबाट महिला दुर्गा थापा निर्विरोध भइन् भने खुलामा ६ जनाको उम्मेदवारी परेको छ । यहाँ ३ जना मात्रै निर्वाचित हुने विधान छ । समानुपातिकमा खस आर्य महिलामा तुलसी बराल, खस आर्य खुलामा आनन्दराज अधिकारी र ललितबहादुर कुँवर, आदिवासी जनजाति महिलामा राममाया मानन्धर, खुलामा रविन गुरुङ, दलितमा ओममाया नेपाली निर्विरोध निर्वाचित भएका छन् । मधेशी, अल्पसंख्यक, मुस्लिम वा अपांग कोटामा ४ जना उम्मेदवार छन् । यहाँ १ जनामात्रै निर्वाचित हुने विधानको व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिका लागि खुलामा २६ जना, प्रत्यक्ष महिलामा १० जना, खस आर्य महिलामा ४ जना, खस आर्य खुलामा ७ जना, आदिवासी जनजाति महिलामा ४, आदिवासी खुलामा ७, दलित कोटामा ४, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक वा अपांग कोटामा २ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए ।

क्षेत्र नम्बर ३ को सभापतिका लागि २ जनाको मनोनयन परेको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र पूराना नेता खिमलाल बास्तोला सभापतिको प्रतिस्पर्धी हुन् । सचिवमा भरतबहादुर केसी, मेखबहादुर तामाङ, राजाराम पौडेल र लक्ष्मीप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुनेछ । सहसचिवमा आइन्दल गुरुङ, धरमबहादुर लामिछाने, महेश तिमिल्सिना र शीतल अधिकारीले उम्मेदवारी दर्ता गराए । कार्यसमिति सदस्यमा प्रदेशसभा (क) बाट महिलामा २ र खुलामा ४ जना उम्मेदवार छन् । प्रदेशसभा (ख) बाट महिलामा २ र खुलामा ६ जनाले मनोनयन दर्ता गराए । प्रतिनिधिसभा क्षेत्रबाट महिला सदस्य भने निर्विरोध रुपमा माया अधिकारी निर्वाचित भएकी छिन् । प्रतिनिधिसभा खुलामा ५ जनाको उम्मेदवारी छ । खस आर्य महिलामा २, खसआर्य खुलामा ४, आदिवासी जनजाति महिलामा २, आदिवासी जनजाति खुलामा २, दलितमा २ र अल्पसंख्यक तथा अपांगता कोटामा २ जना उम्मेदवार छन् ।

महाधिवेशन प्रतिनिधि पदका लागि खस आर्य महिलामा ४, खस आर्य खुलामा ५, आदिवासी जनजाति महिलामा ४, आदिवासी जनजाति खुलामा ४, प्रत्यक्ष खुलामा २५, प्रत्यक्ष महिलामा ८, दलित महिलामा २, दलित खुलामा ३ जनाको उम्मेदवारी परेको छ । मुस्लिम कोटाबाट भने अब्दुल रसिद मियाँ सर्वसम्मत चयन निर्वाचन अधिकृत सन्तोषमणि लामिछानेले बताए । आइतबार दर्ता भएका मनोनयनबाट सोमबार ८ बजेदेखि मतदान सुरु भएकाे छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width